Cordyceps Health Benefits
१ सरीरका मुख्य पाँच वटा अंगहरु मस्तिष्क ,मुटु ,मृगौला ,फोक्सो तथा कलेजो पुर्णरुपमा स्वस्थ राख्दछ
२ सुगर तथा प्रेसर लाइ पुरै ब्यालेन्स गर्दछ
३ रोग प्रतिरोधात्क क्षमता बढाउदछ
४ क्यान्सर जस्तो रोग संग लड्न मधत गर्दछ
५ नसा रोग तथा थाइरायडमा अति प्रभावकारी हुन्छ
६ यौन स्वास्थ्य संग सम्बन्धित सबैखाले समस्यामा अति उपयोगी हुन्छ
७ थकान ,तनाव ,अनिन्द्रा तथा निरासा जस्ता समस्याको हल लगर्दछ
Inflammation Regulate blood sugar Heart health
Type 2 diabetes Immune system support Increase exercise performance
Athletic performance Destroy tumor cells Boosted immunity
Fights with Cancer Supports kidney function Encourages respiratory health
Improves Sexual disorders and related problems Boost energy and stamina
Helps to keep Brain,Heart,Lungs Kidney and Liver healthy and active.
यो स्वास्थ्यबर्द्धक, शक्तिबर्द्धक र रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुन्छ । शरीरमा लाग्नसक्ने कैयौं रोगलाई यार्सागुम्बाको सही प्रयोगले निको पार्न सकिन्छ । यो आयुर्वेदमा मात्र नभई एलोप्याथिक औषधिमा पनि प्रयोग भएको पाइन्छ ।
यार्सागुम्बा वनस्पति हो कि कीरा ?
यार्सागुम्बा झुसिलकीरा र ढुसीको संयोजनबाट बनेको हुन्छ । गर्मीयाममा झार जस्तै हुन्छ, हिउँदमा कीराको रूपमा रहन्छ । झुसिलकीरामा च्याउ प्रजातिको ढुसी आएको हुन्छ । यही ढुसी बढेपछि यसलाई यार्सागुम्बा भनिन्छ । त्यसैले यसलाई वनस्पति र जीवको समिश्रण पनि भन्ने गरिन्छ ।
यार्सागुम्बा हिमाली भाषाले दिएको नाम हो । यार्साको अर्थ वनस्पति र गुम्बुको अर्थ कीरा हो । कतिपयले यसलाई सञ्जीवनी बुटीको दोस्रो रुप पनि भनिन्छ । कतिपयले यसलाई यौन उत्तेजक हिमाली भिएग्राको नाम समेत दिएका छन् । यार्सागुम्बाको वैज्ञानिक नाम भने ‘कार्डिसिभ साइनिसस’ हो ।
के कस्ता तत्व पाइन्छ ?
यार्सागुम्बामा कोर्डिसेपिन लगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, फ्याटी एसिड, पोलिसाक्काराइड, भिटामिन बी १२, बी, बी १, कार्बोहाइड्रेट, ग्लुकोज, प्रोटिन, स्टेरोल, मेलानिन जस्ता रासायनिक पदार्थ पाइन्छ ।
यसमा पाइने केही रसायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
कसरी जडिबुटीको रूपमा तयार हुन्छ ?
झुसिलकीराको रूपमा जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । लार्भाको शरीरभित्र सो बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु रेसारूपी कोष (धागो जस्तो) मा परिणत भएर लार्भाको शरीरभरि फैलिन थाल्छ ।
उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लैजान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ । अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि मर्छ । मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठ जस्तो भाग पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रङको हुन्छ । वसन्त ऋतुमा हिउँ पग्लिन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् ।
संकलन गर्दा कुटोले खनेर वा औंलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि सरसफाइपछि केही समय शीतलमा सुकाएर यसलाई औषधिको रूपमा तयार गर्न सकिन्छ ।
कुन क्षेत्रमा पाइन्छ ?
समुन्द्री सतहबाट तीन हजार ६०० मिटरदेखि पाँच हजार मिटरसम्म वा सो भन्दा माथिको उचाइसम्म पाइन्छ । विश्वभर १०० प्रजातिका यार्सागुम्बा पाइन्छन् भने चीनमा मात्रै २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् ।
नेपालका ताप्लेजुङ, संखुवासभा, गोरखा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लामा यार्सागुम्बा पाइन्छ ।
जुन नेपालबाट कोरिया, ताइवान, हङकङ, म्यानमार, थाइल्याण्ड, सिंगापुर, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ ।
कसरी खोज भयो ?
यार्सागुम्बाको अस्तित्व पौराणिककालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडिबुटीका रूपमा प्रयोग भइरहेको यार्चागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन ।
यार्सागुम्बा पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा ब्रिटिश म्युजियम लण्डनको तर्फबाट वनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४ हजार २०० मिटरको उचाइमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेट्टाएर लगेका थिए ।
तिब्बतमा पनि सयौं वर्षदेखि औषधिको रूपमा यसलाई कुटेर प्रयोग गरिन्थ्यो । चिनियाँ उपचार विधि अन्तर्गत यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौला रोगमा गरिंदै आएको छ ।
त्यतिबेला यसको चर्चा सीमित थियो । यार्सागुम्बाको चर्चा फैलिनुमा रोचक किस्सा छ ।
सन् १९९३ मा जर्मनीमा विश्व ट्र्याक एन्ड फिल्ड प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले उपाधि जिते । उनीहरूले एक हजार ५००, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । यस्तो खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सागुम्बा सेवन गर्नु रहेको प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा विश्वभर फैलियो । यसको चर्चासँगै यसको मूल्य पनि महंगिएको हो ।
किम्बदन्ती
राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर घाइते हुँदा नेपालको उत्तरी हिमाली भेगबाट हनुमानले सञ्जीवनी बुटी लगी लक्ष्मणलाई खुवाएर ब्युँझाएको किम्बदन्ती छ । सो सञ्जीवनी बुटीलाई अहिलेको यार्सागुम्बासँग तुलना गरिएको पाइन्छ ।
यार्सागुम्बाको प्रयोग
नेपालमा पहिला हिमाली भेगमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हात गोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । मौरीको मह र दूधसँग यसलाई मिसाएर खाँदा तागत बढ्ने विश्वास गरिन्छ । साथै, यसको धुलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्ने विश्वास छ ।
यद्यपि, अहिले यसको प्रयोग क्यान्सरविरुद्ध औषधि, मिर्गौला, वीर्यको गुणस्तर बढाउन, कोलेस्टेरोल, मेटाबोलिजम नियमन, ढाड दुखाइ, रक्त सञ्चार बढाउन, सुन्निएको कम गर्ने र मुटुको औषधिमा प्रयोग हुन्छ । रक्त अल्पता, दीर्घ दम, ट्युमरको बिरामी, बोनम्यारोको समस्यामा पनि औषधिको रूपमा प्रयोग गरिन्छ ।
कतिपय रेडियोथेरापी र किमोथेरापी लिइरहेकाहरुमा पनि यार्सागुम्बा प्रयोग हुन्छ । महिला तथा पुरुषमा बाँझोपनको समस्यामा पनि यो प्रयोग गरिन्छ । वेबएमडीमा उल्लेख गरेअनुसार श्वासप्रश्वासको समस्या, फोक्सोमा संक्रमण, रातमा पटक-पटक पिसाब आउने समस्या, उच्च कोलेस्टेरोल र कान बज्ने समस्यामा प्रयोग हुन्छ ।
हेपाटाइटिस बी भाइरस, औषधिले मिर्गौला क्षति गरेको अवस्थामा पनि यसको प्रयोग हुन्छ । यो मानसिक समस्यामा पनि प्रयोग भएको पाइन्छ । तर मानसिक समस्यामा कतिको प्रयोग हुन्छ ? भन्नेबारे कुनै ठूलो प्रमाण प्राप्त भइसकेको छैन ।
यसको उपयोग यौन शक्तिबर्द्धक औषधिको रूपमा पनि हुन्छ । नियमित यार्सागुम्बाको सेवन पुरुषले गर्ने हो भने पिसाबमा केटास्टोरोइड तत्वको मात्रा बढाउँछ । सो तत्वले पुरुषमा एन्ड्रोजिन र टेस्टोरोन लगायत यौन उत्तेजना बढाउने यौन हर्मोनको उत्पादन बढाउँछ ।
विज्ञहरूको भनाइअनुसार १३ वटा अन्य जडिबुटीसँग यार्सागुम्बा मिसाएर लगातार तीन वर्ष खाइरहे हृष्टपुष्ट, फूर्तिलो र सुन्दर हुन्छ ।
कति मात्रामा खान सकिन्छ ?
यार्सागुम्बा टयाब्लेट र धुलो दुवै प्रकारमा बजारमा उपलब्ध हुन्छ । यार्सागुम्बा पाँच सय एमजीको टयाब्लेट दैनिक दुई पटक दूधमा मिसाएर खान सकिन्छ । त्यस्तै, धुलो भने तीनदेखि ६ ग्राम लिन सकिन्छ ।
नेपालमा मात्र यार्सागुम्बा भएको औषधि व्यवस्था विभागमा दर्ता भएको छैन । यद्यपि, चेवनप्राश जस्ता उत्पादक सामग्रीमा पनि सप्लिमेन्टको रुपमा यार्सागुम्बा मिसाइएको भेटिन्छ ।
साइड–इफेक्ट
यार्सागुम्बा सुरक्षित जडिबुटी तथा औषधि मानिन्छ । यद्यपि, स्तनपान, गर्भावस्थामा, रगतसम्बन्धी समस्या र शल्यक्रिया गरिएको अवस्थामा यार्सागुम्बा खाँदा साइड-इफेक्ट हुनसक्छ । यार्सागुम्बाको सेवन गर्दा कहिलेकाहीं डायरिया, कब्जियत र पेटसम्बन्धी समस्या हुनसक्छ ।
